विश्वकप फुटबल: सेमिफाइनलको खेल भोलिदेखि, कुन टोली बलियो

डिसी नेपाल
२५ असार २०७५ ८:२९

काठमाडौँ । विश्वकप फुटबलको सेमिफाइनलको खेल भोलिदेखि सुरु हुँदैछ।

भोलि मंगलबार बलियो टोली फ्रान्स र बेल्जियम फाइनलका लागि भिड्ने छन्। खेल नेपाली समय अनुसार पौने १२ बजेदेखि सुरु हुनेछ। फ्रान्स पूर्व च्याम्पियन टोली हो भने बेल्जियम पहिलो पटक उपाधि जित्ने खोजीमा छ। फ्रान्सले पहिलो पटक सन् १९९८ मा विश्वकपको उपाधि जितेको थियो। त्यसयता फ्रान्स उपाधिका लागि आफ्नो लयमा फर्किन सकेन्।

क्वार्टर फाइनलमा फ्रान्सले उरुग्वेलाई र बेल्जियमले ब्राजिललाई पराजित गर्दै सेमिफाइनलको यात्रा पक्का गरेका हुन्। ५ पटकको विश्वकप विजेता बनिसकेको टोली ब्राजिलको च्याम्पियन बन्ने सपना बेल्जियमले तुहाइदिएको हो। बेल्जियम र फ्रान्स दुबै टोली निकै बलिया भएकाले कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ।

त्यस्तै बुधबारको सेमिफाइनलमा इंग्ल्याण्ड र क्रोएसिया भिड्ने छन्। खेल नेपाली समय अनुसार पौने १२ बजेदेखि सुरु हुनेछ।

सेमिफाइनलमा पराजित दुई टोलीले तेस्रो स्थानका लागि आगामी शनिबार नेपाली समय अनुसार बेलुकी पौने ८ बजे भिड्ने छन्। सेमिफाइनलमा विजयी भएका दुई टोली फाइनलका लागि आइतबार भिड्ने छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *