कर छलीको आरोपमा रोनाल्डोलाई २ वर्ष जेल सजाय
एजेन्सी । स्पेनिस जायन्ट्स रियल मड्रिड छाडेर इटालियन युभेन्ट्स क्लव पुगेका स्टार क्रिस्टियानो रोनाल्डो कर छलीको आरोप स्वीकार गरेका छन्।
आफूमाथि लागेको दुई वर्ष जेल सजाय र १ करोड ९० लाख युरो जरिवाना रोनाल्डोले स्वीकार गरेका हुन्। स्पेनिस अदालतका अनुसार रोनाल्डोले सन् २०११ र २०१४ को बिचमा ४ पटक कर छली गरेका थिए । स्पेनी अदालतको आरोपलाई झुठो भनेर प्रतिकार गर्दै आएका रोनाल्डोले अन्ततः उक्त आरोप स्वीकार गरेका हुन्।
पहिलो पटक यो आरोपमा दोषी पाइएको हुनाले उनले जेल सजाय भने भोग्न पर्ने छैन। तर स्पेनिस कानूनका अनुसार रोनाल्डोले सजायको अवधिमा यस्तै गल्ती दोहोराए जेल सजाय भोग्नुपर्नेछ।
यसका लागि रोनाल्डो आफै म्याड्रिडको पोजुएलो डे अल्कारोन अदालतमा उपस्थित हुनुपर्नेछ। बार्सिलोनाका स्टार लियोनल मेस्सी पनि कर छली काण्डमा मुछिएका थिए।
No ads found for this position


डिसी नेपाल
Facebook Comment