नेपालले इतिहासमै पहिलो पटक एक दिवसीय क्रिकेटमा डेब्यू गर्दै
काठमाडौं । नेपालले इतिहासमै पहिलो पटक एक दिवसीय क्रिकेटमा डेब्यू गर्दैछ। नेपालले नेदरल्याण्ड्सँग बुधबार नेपाली समय अनुसार दिउँसो पौने ३ बजे प्रतिस्पर्धा गर्न लागेको हो।
खेल कान्तिपुर एच डी टेलिभिजनबाट प्रत्यक्ष प्रसारण हुनेछ। खेल नेदरल्याण्ड्सको एम्सटिलभिनमा हुनेछ । बुधबारको वान डे क्रिकेकसँगै नेपालले फेरी ३ तारिखमा सोहि टोलीसँग अर्को प्रतियोगिता समेत खेल्नेछ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीमा कप्तान पारस खड्का, उपकप्तान ज्ञानेन्द्र मल्ल, अनिल कुमार साह, बसन्त रेग्मी, दीपेन्द्रसिंह ऐरी, करण केसी, ललित भण्डारी, ललित नारायण राजवंशी र मोहम्मद आरिफ शेख छन्।
यस्तै रोहित कुमार पौडेल, सन्दीप लामिछाने, शक्तिप्रसाद गौचन, शरद भेषवाकर र सोमपाल कामी टोलीमा छन् । दुवै खेल खेलेपछि राष्ट्रिय क्रिकेट टोलीका बलर शक्ति गौचनले राष्ट्रिय टोलीबाट सन्यास लिनेछन्।
कप्तान पारस खड्काले नेपालले ऐतिहासिक वान डे स्टाटस पाउनुको मुख्य कारण समर्थकहरुको माया र खेलाडीहरुको प्रयास रहेको बताएका छन् । उनले बुधबार नेदरल्याण्ड्स विरुद्ध राम्रो खेल्ने समेत बताए।
No ads found for this position


डिसी नेपाल
Facebook Comment