एक दिवसीय क्रिकेट : नेपालसामु नेदरल्याण्ड्सद्वारा १९० रनको लक्ष्य प्रस्तुत
काठमाडौँ। नेदरल्याड्सले नेपाललाई १९० रनको लक्ष्य दिएको छ। नेदरल्यान्ड्सस्थित भिआरए मैदानमा भएको एक दिवसीय क्रिकेटमा टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्याड्सले नेपाललाई १९० रनको लक्ष्य दिएको हो।
नेदरल्याड्सले ४७ ओभर ४ बलमा १ सय ८९ रन बनाउँदा सबै विकेट गुमायो। नेपालका लागि कप्तान पारस खड्का एक्लैले चार विकेट लिन सफल भए। यस्तै सोमपाल कामीले तीन साथै सन्दीप लामिछाने, करण केसी र बसन्त रेग्मीले एकरएक विकेट लिए।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment