क्वालिफायरमा सहभागी हुन नेपाली बास्केटबल टोली श्रीलंका प्रस्थान

डिसी नेपाल
१९ साउन २०७५ १७:०४

काठमाडौँ, १९ साउन – थ्री अन थ्री एशिया क्वेस्ट स्टोप–साबा क्वालिफायरमा सहभागी हुन नेपाली बास्केटबल टोली आज श्रीलंकाको राजधानी कोलोम्बो प्रस्थान गरेको छ ।प्रस्थान गर्ने पुरुष टोलीमा मविन्द्र भण्डारी (कप्तान), अजय कुशवाहा, निश्चल महर्जन र अनिश बस्नेत छन् । त्यस्तै अनुषा मल्लको कप्तानीमा रहेको महिला टोलीमा भावना लामा, श्रेया खड्का र एलिना गुरुङ छिन् । अफिसियलमा विकास शाही र सदिना श्रेष्ठ छन् ।

टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टले आजै एक कार्यक्रमबीच बिदाइ गर्नुभयो । प्रतियोगिता यही साउन २३ देखि २५ गतेसम्म सञ्चालन हुनेछ ।नेपाल तान डोरी संघमा पौडेल
नेपाल तान डोरी संघको दोस्रो साधारणसभाले आज भावनीप्रसाद पौडेलको अध्यक्षतामा १६ सदस्यीय केन्द्रीय कार्यसमिति निर्विरोध चयन गरेको छ । यसैगरी संघको उपाध्यक्षमा सूर्यबहादुर भट्टराई र सुभाषश्री पोखरेल, महासचिवमा केशवराज गौतम, सचिवमा अजय रानाभाट तथा कोषाध्यक्षमा शिवभक्त सैंजु रहनुभएको छ ।
नवनिर्वाचित पदाधिकारीलाई परिषद्का सदस्य–सचिव विष्टले प्रमाणपत्र प्रदान गर्नुभयो ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *