नेपाली राष्ट्रिय टिमको ब्याटिङ प्रशिक्षकका रुपमा भारतीय प्रशिक्षक सुबोधभाइ आउने
काठमाडौं । भारतीय प्रशिक्षक अपूर्व सुबोधभाइ देसाई एसिया कप छनोटको तयारीका लागि नेपाली राष्ट्रिय टिममा ब्याटिङ प्रशिक्षकका रुपमा आउने भएका छन् ।
आउदो अगस्ट २९ देखि सेप्टेम्बर ६ तारिख सम्म भारतमा हुने एसिया कप छनोटका लागि ब्याटिङ तयारी गर्न नेपाली टोलीले देसाईको नाम आईसीसीमा सिफारिस गरेको छ । आईसीसीले स्वीकृत गरेपछि उनी आउने पक्का भएको हो।
एसियाका टेस्ट खेल्ने भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तानसँगै छनोट प्रक्रियाबाट गएको एक देशले एसिया कप क्रिकेट खेल्नेछ।
भारतमा हुने छनोट खेलमा नेपालसँगै हङकङ, युएई, सिंगापुर, ओमान र मलेसिया छन्।
समूह ‘ए’मा नेपाल, हङकङ र मलेसिया छन् । ४३ वर्षका देसाई भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) को नेशनल क्रिकेट एकेडेमी (एनसीए) बाट मान्यता प्राप्त लेभल ‘सी’ प्रशिक्षक हुन्।
उनले गुजरातबाट सन् १९९६ देखि ९७ सम्म एक वर्ष फस्ट क्लास क्रिकेट खेलेका थिए। यसअघि पनि नेपाली टिमको ब्याटिङ प्रशिक्षणका लागि भारतबाट नै प्रशिक्षक बोलाइने गरिएको थियो।
No ads found for this position



डिसी नेपाल
Facebook Comment