नेमार संसारकै सबैभन्दा महँगो खेलाडी, चौथोमा क्रिस्टियानो रोनाल्डो
एजेन्सी। विश्व फुटबलका एक हस्ती क्रिस्टियानो रोनाल्डो संसारकै चौथो महँगो खेलाडी बनेका छन्। पछिल्लो समय रोनाल्डो इटालियन क्लब यूभेन्ट्ससँग अनुबन्धित भएसँगै विश्कै चौथो महँगो खेलाडी बनेका हुन्।
स्पेनिस क्लब रियल मड्रिडका स्टार रोनाल्डो इटालियन क्लब यूभेन्ट्ससँग ९९ दशमलब२ मिलियन पाउन्डमा ४ वर्षका लागि अनुबन्धित भएका हुन्। २००९ मा म्यानचेस्टर यूनाइटेडबाट ८० मिलियन पाउन्डमा रियल आएका रोनाल्डोले क्लबका लागि सर्बाधिक ४५१ गोल गर्दै कीर्तिमान राखे। यस्तै उनले पछिल्ला पाँच सिजनमा रियल मड्रिडलाई चार पटक च्याम्पियन्स लिगको उपाधि जिताएका थिए।
अहिले पनि विश्वको सबैभन्दा महँगो भने खेलाडी ब्राजिलका नेमार छन्। गएको वर्षको अगष्टमा पेरिस सेन्ट जर्मन पीएसजीले उनलाई अनुबन्ध गर्न बार्सिलोनालाई २ सय मिलियन पाउन्ड बार्सिलोनालाई तिरेको थियो।
सँगै पीएसजीले केलियन एम्बाप्पेलाई १ सय ६६ मिलियन पाउन्डमा गतवर्षकै जुलाईमा अनुबन्धित गर्दै विश्वको दोस्रो महँगो खेलाडी बनाएको थियो।
बार्सिलोनाले लिभरपुलबाट यसै वर्षको जनवरीमा फिलिप्पे कौटिन्होलाई १ सय ४२ मिलियन पाउन्डमा अनुबन्धित गरेपछि उनी विश्वको तेस्रो महँगो खेलाडी बनेका थिए।
No ads found for this position



डिसी नेपाल
Kamagra And Viagra Levitra Not Covered Insurance Cod Acticin viagra belgique Viagra Azione