मोड्रिचका कारण फिफामा मिलानविरुद्ध रियलको मुद्दा

डिसी नेपाल
२ भदौ २०७५ १:०८

एजेन्सी। आफ्ना मिडफिल्डर लुका मोड्रिचलाई गैरकानुनी रुपमा प्रस्ताव गरेको दाबी गर्दै रियल म्यड्रिडले इन्टर मिलानविरुद्ध फिफामा मुद्दा दायर गरेको छ।

रसिया विश्वकपको सर्बोत्कृष्ट खेलाडी चुनिदै गोल्डन बल जितेका मोड्रिच त्यसपछि सबैको नजरमा छाएका थिए। मोड्रिचले क्रोएशियालाई विश्वकपको फाइनलसम्म समेत डोर्याएका थिए। फाइनलमा क्रोएशिया फ्रान्ससँग ४–२ गोलअन्तरले पराजित भएको थियो।

विश्वकप पछि मिलानले सिरी एमा भित्र्याउने योजना अनुरुप उनलाई प्रस्ताव राखेको थियो।

रियलका अध्यक्ष फ्लोरिन्टो पेरिजले अघिल्लो महिना कसैले मोड्रिचलाई लिन चाहान्छ भने एउटामात्रै उपाय उनको रिलिज क्लब ७ सय ५० मिलियन तिरेर लान सक्ने बताएका थिए।

तर, गैरकानुनी र गलतबाटोबाट मोड्रिचलाई प्रस्ताव राखेको भन्दै रियलले फिफालाई उजुरी गरेको हो। उजुरीमा ‘माहौलमा भेटिएका प्रमाण’का आधारमा मुद्दा दिइएको उल्लेख गरिएको छ।

मोड्रिच २०१२ मा टोटनह्यामबाट रियल आएका थिए। त्यसयता उनले चारवटा च्याम्पियन्स लिग जितिसकेका छन्।

मोड्रिच विश्वका उत्कृष्ट मिडफिल्डर मध्येका एक हुन्। उनी कुशल नेतृत्वकर्तापनि मानिन्छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *