सन्दीपको सनसनीपूर्ण प्रदर्शन
काठमाडौं । क्यारेवियन लिग (सिपिएल)मा सन्दीपले सनसनीपूर्ण प्रर्दशन गर्दा उनको टिम प्याट्रियटले सात विकेटको जित निकालेको छ। सीपीएलको चौथो खेलमा २ ओभर बलिङ गरेका सन्दीपले आफ्नो टोली ‘सान्ट किट्स एण्ड नेभिज प्याट्रियट’ का लागि १३ रन खर्चिएर २ विकेट लिएका छन्।
टस हारेर पहिले ब्याटिङको निम्ता पाएको सान्ट लुसिया स्टार्सले १२।३ ओभरमा सबै विकेट गुमाई ६९ रन मात्रै बनाउन सक्यो। ७० रनको झिनो लक्ष्य पाएको ‘सान्ट किट्स एण्ड नेभिज प्याट्रियट’ले ७।४ ओभरमा ३ विकेट गुमाएर लक्ष्य पार गर्यो। सन्दीपले लिएका दुवै विकेट निकै महत्त्वपूर्ण रहे। विश्वकै उत्कृष्ट ब्याट्सम्यानमध्येका एक डेभिड वार्नरको विकेट लिनु र सान्ट लुसिया स्टार्सका लागि सबैभन्दा धेरै स्कोर गर्ने अहमदलाई आउट गराई टोलीको जितका लागि सन्दीपले महत्त्वपूर्ण योगदान गरे।
सन्दीपले यसअघिक खेलहरुमा पनि आफ्नो उत्कृष्टता देखाएका थिए । आईपिएलएपछि क्यारेवियन लिगमा उत्कृष्ट प्रर्दशन गर्दै आएका सन्दीप नेपालका सबैभन्दा सफल क्रिकेटर बन्ने बाटोमा छन् ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment