श्रीलंकामा नेपालको लगातार दोस्रो जीत, ब्लुमफिल्ड विशाल अन्तरले पराजित

डिसी नेपाल
८ भदौ २०७५ १३:१४

काठमाडौं। एसिया कपको छनोटको तयारीका क्रममा श्रीलंकामा अभ्यास खेल खेलिरहेको नेपाली क्रिकेट टोलीले श्रीलंकाको ब्लुमफिल्ड क्रिकेट क्लवलाई विशाल अन्तरले पराजित गरेको छ । आज ब्लुमफिल्डकै होमग्राउण्डमा भएको खेलमा नेपालले १७६ रनले पराजित गरेको हो । आज टस जितेर ब्याटिङ रोजेको नेपालले दिपेन्द्रसिंह ऐरीको शतकको मद्दतमा ३२३ रनको विशाल स्कोर खडा गरेको थियो ।

३२४ रनको विशाल लक्ष्य पच्छ्याएको ब्लुमफिल्डले ३८ ओभरमा ९ विकेटको क्षतिमा १३४ रन बनाउँदा लाइटको समस्या देखिएपछि खेल रोकिएको थियो । खेल रोकिएपछि न्यूनतम ओभर खेल भइसकेकोले डकवर्थ लुइस मेथडका आधारमा नेपालले १७६ रनको विशाल जीत हात पारेको हो । नेपालका लागि दिपेन्द्र सिंह ऐरीले १२१ रनको शतकीय इनिङ र सागर पुनले ९२ रनको इनिङ खेलेपछि नेपालले ३२४ रनको विशाल लक्ष्य दिन सकेको हो ।

नेपालका लागि दिपेन्द्रसिंह ऐरीले सर्वाधिक १२१ रन बनाए । ९६ बल खेलेका उनले ५ छक्का र ९ चौका प्रहार गरे । सागर पुनले ८३ बलमा ८ चौका र ३ छक्का प्रहार गर्दै ९२ रन बनाए । टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा ३२३ रन बनायो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *