पाँचौ खेलमा वेस्ट इण्डिजमा महँगा बने सन्दीप

डिसी नेपाल
१० भदौ २०७५ १:२४

काठमडौं ।वेस्ट इण्डिजको क्याराबियन प्रिमियर लिग९सीपीएल० खेलिरहेका नेपाली युवा लेग स्पिनर सन्दीप लामिछाने पाँचौ खेलमा महँगा बनेका छन्।

आइतबार विहान भएको खेलमा बार्बाडोस त्रिडेन्टविरुद्ध ४ ओभर बलिङ गरेका सन्दीपले ४३ रन खर्चे। सो क्रममा उनले ३ चौका र ३ छक्का खाएका थिए भने कुनै विकेट लिन सकेनन्।

यसअघि भएका सुरुवाती चार खेलमा सन्दीपले ७ विकेट लिइसकेका छन्। चौथो खेलमा सन्दीपले अस्ट्रेलियाका दिग्गज खेलाडी डेविड वार्नरको विकेट लिएका थिए।

सन्दीप महँगा भएपनि उनको टोली सेन्ट किट्स एण्ड निभिस प्याट्रियोट्स ६ विकेटले विजयी भएको छ।

बार्बाडोसले दिएको १ सय ४७ रनको लक्ष्य प्याट्रियोट्सले १८।५ ओभरमा ४ विकेट गुमाएर भेटाएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *