विश्वकपको ट्रफी नेपाल ल्याइँदै

डिसी नेपाल
१० भदौ २०७५ ७:१३

काठमाडाैं । क्रिकेट विश्वकपको ट्रफी पहिलो पटक नेपाल ल्याइने भएको छ । अन्तराष्ट्रिय क्रिकेट काउन्सिल(आइसीसी)ले शनिबार एक विज्ञप्ति जारी गर्दै ट्रफीको विश्व भ्रमण नेपालमा पनि गराउने जानकारी दिएको हो ।

२०१९ मा इंल्याण्ड र वेल्समा हुन लागेको क्रिकेट विश्वकपको ट्रफी नेपालमा २७ अक्टोबरमा दरबार स्वायर क्षेत्रमा राखिने आइसीसीले जनाएको छ । ट्रफी विहान ५ बजेदेखि बेलुका ५ बजेसम्म सो क्षेत्रमा रहनेछ । समर्थकहरुले ट्रफी नियाल्न पाउनुका साथै ट्रफीसँग फोटो खिच्न समेत पाउने आइसीसीले जनाएको छ ।

यही सोमबारबाट आइसीसीको दुबर्इ स्थित हेडक्वार्टरबाट ट्रफीको विश्व भ्रमण सुरु हुनेछ । जसलार्इ पाँच महादेशका विभिन्न २१ देशका ६० शहरमा ट्रफी घुमाइने भएको छ । पहिलो पटक निशानको सहायतामा आइसीसीले विश्वका यतिधेरै स्थानमा ट्रफी भम्रण गराउन लागेको हो ।

यसले समर्थकहरुलार्इ क्रिकेटसँग जोड्न अझै सहयोग पुर्याउने आइसीसीले विश्वास व्यक्त गरेको छ । नौ महिने भम्रणका क्रममा ट्रफी सहभागी राष्ट्रसँगै पहिलोपटक नेपाल, अमेरिका, जर्मनी जस्ता क्रिकेट उदयमान राष्ट्रमा भम्रण गराउन लागिएको हो । -एजन्सी




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *