विश्व विजेता फ्रान्स समूहचरणबाटै बाहिरिएको जर्मनीसँग बराबरीमा रोकियो

डिसी नेपाल
२२ भदौ २०७५ २:४९

एजेन्सी । यूएफा नेशन्स लिग अन्तर्गत बिहीबार राति सम्पन्न खेलमा विश्व विजेता फ्रान्स समूह चरणबाटै बाहिरिएको जर्मनीसँग गोलरहित बराबरीमा रोकिएको छ।

जुनमा रुसमा भएको विश्वकपको फाइनलमा क्रोएशियालाई पराजित गरेपछि फ्रान्सले पहिलो खेल खेलेको हो।

एन्टिनियो ग्रिजम्यानको प्रहार विपक्षीले जोगाउँदा र म्यानुअर न्युअरले जर्मनीलाई आफ्नो पोस्टमा गोल गर्न नदिदा बराबरीको नतिजा आएको हो।

फ्रान्सले अब लिगकै दोस्रो खेलमा आइतबार घरेलु मैदानमा नेदरल्याण्ड्सको सामना गर्नेछ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *