सिल्भाको निर्णायक गोलमा इटालीमाथि पोर्चुगलको जित
आन्द्रे सिल्भाको निर्णायक गोल मदतमा इटालीमाथि पोर्चुगलले जित हात पारेको छ। यूएफा नेशन्स कप अन्तर्गत सोमबार राति भएको खेलमा पोर्चुगलले इटालीलाई १–० गोलअन्तरले पराजित गरेको हो।
पहिलो हाफमा खेल बराबरीमा रोकिएपनि दोस्रो हाफको सुरुवातमै सिल्भाले पोर्चुगललाई अग्रता दिलाएका थिए। ४८ औं मिनेटमा सिल्भाले गरेको गोल निर्णायक बन्यो।
क्रिस्टियानो रोनाल्डोले भने भर्खरै यूभेन्ट्समा आवद्ध भएका कारण पोर्चुगलको टोलीबाट विश्राम लिएका छन्।
जितसँगै समूह सी को पोर्चुगल तीन अंकका साथ शीर्षमा उक्लिएको छ। पराजित इटाली भने पुछारमा छ यस्तै एक अंक रहेको पोल्याण्ड दोस्रो स्थानमा छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment