चर्चित खेलाडी सिकन्दर राजाले एभरेष्ट प्रिमियर लिग नखेल्ने

डिसी नेपाल
१८ मंसिर २०७५ १०:४२

१८ मंसिर, काठमाडौं । काठमाडौँ किंग्स एघारमा अनुबन्धित जिम्बाब्वेका चर्चित खेलाडी सिकन्दर राजाले एभरेष्ट प्रिमियर लिग (ईपीएल) नखेल्ने भएका छन् । ईपीएलको पूर्वसन्ध्यामा आएर राजाले आफु ईपीएल खेल्न नसक्ने घोषणा गरेका हुन् । ट्वीटरमार्फत नेपाली फ्यानसँग माफि माग्दै उनले यो पटकको ईपीएल खेल्न नसक्ने घोषणा गरेका हुन् ।

उनले ट्वीटरमा भनेका छन्, ‘यो सिजन एभरेष्ट प्रिमियर लिगमा खेल्न सक्दिन । म प्रतियोगिता र मेरो टिम काठमाडौं किंग्स एघारलाई शुभकामना दिन चाहन्छु । सबै नेपाली फ्यानसाग म माफी माग्न चाहन्छु ।’ मंसिर २२ गतेबाट ईपीएल सुरु हुँदै छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *