गौतम गम्भिरले गरे १५ बर्षभन्दा बढी क्रिकेट करिअरबाट सन्यासको घोषणा

डिसी नेपाल
१९ मंसिर २०७५ १:४३

काठमाडौं । भारतीय क्रिकेट टिमका पूर्वसदस्य गौतम गम्भिरले क्रिकेट करिअरबाट सन्यास घोषणा गरेका छन् ।
सन् २००३ मा बंगलादेशविरुद्ध डेब्यु गरेका गम्भिरले भारतलाई विश्वकप दिलाउन निकै ठूलो भूमिका खेलेका थिए ।

गम्भीरले सामाजिक सञ्जाल फेसबुकमा एक भिडियो पोष्ट गर्दै क्रिकेट करिअरबाट सन्यास घोषणा गरेका हुन् ।३७ वर्षीय गम्भीरले भारतका लागि ५८ टेष्ट, १४७ एक दिवसीय अन्तर्राष्ट्रिय र ३७ टी(ट्वान्टी खेलेका छन् ।

गम्भिरले भारतका लागि पछिल्लो पटक सन् २०१६ मा इंग्ल्यान्डविरुद्ध टेष्ट क्रिकेट खेलेका थिए ।
सन्यास घोषणा गर्दै गम्भिरले भनेका छन्, ‘मैले मेरो राष्ट्रको लागि १५ बर्षभन्दा बढी क्रिकेट खेलेँ । अब सन्यास लिन चाहन्छु ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *