खुट्टा भाच्चिएपछि लिभरपुलका डिफेन्डर गोमेज ६ हप्ता मैदान बाहिर रहने

डिसी नेपाल
२१ मंसिर २०७५ ५:१०

एजेन्सी । इंग्लिश क्लब लिभरपुलका डिफेन्डर जोय गोमेज ६ हप्ता मैदान बाहिर रहने भएका छन् । बर्नलीविरुद्धको खेल दौरान खुट्टा भाच्चिएपछि डिफेन्डर गोमेज ६ हप्ता मैदान बाहिर रहने भएका हुन् ।

बर्नलीको मैदानमा बुधबार राति भएको खेलमा गोमेजको देब्रे खुट्टा भाच्चिएको थियो । बर्नलीका कप्तान बेन मीको ट्याकलमा गोमेजको खुट्टा भाचिएको थियो । गोमेज खेलको २३ औं मिनेटमा मैदानबाट बाहिरिएका थिए । उक्त खेलमा लिभरपुलले ३ – १ को जित निकालेको थियो ।

लिभरपुलका प्रशिक्षक जोर्गेन क्लोपले कप्तान मीको ट्याकल खराब रहेको बताएका थिए । तर, बर्नलीका प्रशिक्षक सिन डिचले कप्तान मीको ट्याकलको बचाऊ गरेका छन् ।

२१ बर्षीय इंग्लिश डिफेन्डर गोमेजले यस सिजन १५ लिग खेलमा १३ खेल खेलेका थिए । उनले रुस विश्वकपबाट इंगलिस टोलीमा डेब्यु गरेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *