अष्ट्रेलियाको खराब ब्याटिंग भारतीय बलर चम्किएपछि उच्च योगफल बनाउन सकेन

डिसी नेपाल
२२ मंसिर २०७५ ०:४७

भारतविरुद्धको पहिलो टेष्ट क्रिकेटको पहिलो इनिङसमा अष्ट्रेलियाले खराब प्रदर्शन गरेको छ । भारतलाई सस्तैमा रोक्दै पहिलो इनिङ थालेको अष्ट्रेलियाले शुक्रबार दोस्रो दिनको खेल सकिँदा अष्ट्रेलियाले ८८ ओभरमा ७ विकेट गुमाएर १९१ रन जोडेको छ ।

भारतलाई २५० रनमा अलआउट गरेको अष्ट्रेलियाँ अँझै ५९ रनले पछि हुँदा उसको ३ विकेट बाँकी छ । बिहीबार एडिलेडमा शुरु भएको पहिलो टेष्टमा भारतीय कप्तान विराट कोहलीले टस जितेर पहिला ब्याटिंग गर्ने निर्णय लिएका लिएका थिए ।
भारतीय बलर चम्किएपछि अष्ट्रेलियाले उच्च योगफल बनाउन सकेनन् । अष्ट्रेलियाका टेर्भिस हेडले ६१ रन जोडेर खेलिरहेका छन् । त्यसबाहेक अष्ट्रेलियाका पिटर हान्ड्सकम्बले ३४, उस्मान ख्वाजाले २८ तथा मार्कस हरीसले २६ रन जोडे ।

भारतका रविचन्द्र आश्विनले ३ तथा इशान्त शर्मा र जसप्रित बुम्रहाले समान २–२ विकेट लिए ।टस जितेर पहिले ब्याटिङ गरेको भारतले पहिलो इनिङमा २५० रन जोडेको छ । चेतेश्वर पुजाराले शतकीय इनिङ खेलेका थिए भने अन्य ब्याट्सम्यानले राम्रो खेल्न नसक्दा भारतले उच्च स्कोर बनाउन सकेन । पुजाराले १२३ रनको योगदान दिए । अन्य भारतीय ब्याट्सम्यानको प्रदर्शन खराब रह्यो ।

कप्तान बिराट कोहली ३ रनमा आउट हुँदा रोहित शर्माले ३७ रन जोडे । ऋषभ पन्त र रविचन्द्र आश्विनले २५–२५ रन जोडे । भारतको इनिङ सस्तैमा समेट्न अष्ट्रेलियाका मिचेल स्टार्क्स, पाट कमिन्स, जोश हेजलवुड र नाथन लायानले २–२ विकेट लिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *