बार्सिलोना आज राती लेभान्टे सगं भिड्दै

डिसी नेपाल
१ पुष २०७५ १३:१८

स्पेनिस ला लिगाअन्र्तत आज चार खेल हुँदैछन् । जारी लिगको १६ औं साताको अन्तिम खेलहरु अन्तर्गत आज ४ खेल हुन लागेका हुन् ।

आजको पहिलो खेलमा चौथो स्थानको सेभिल्लाले १० औं स्थानको जिरोनासँग खेल्दैछ । सेभिल्लाको घरेलु मैदानमा हुने सो खेल नेपाली समयअनुसार दिउँसो ४ः४५ बजेदेखि सुरू हुनेछ ।

आजको खेलमा सेभिल्लालाई दोस्रो स्थानमा फर्किने मौका रहेको छ । १६ औं साताको सुरुवाती खेलहरु नहुन्जेल दोस्रो स्थानमा रहेको सेभिल्ला शनिबार रातिका खेलपछि चौथो स्थानमा खस्किएको हो ।

सेभिल्लाले १५ खेलबाट २८ अंक बनाएको छ । तर, त्यसभन्दा एक खेल धेरै खेलेको एथ्लेटिको मड्रिडले ३१ अंकका साथ दोस्रो स्थान बनाएको छ भने तेस्रो स्थानमा २९ अंकका साथ रियल मड्रिड रहेको छ । त्यसैले आजको खेलमा जित निकाल्दा उसले दोस्रो स्थान बनाउने पक्का छ । यता सेभिल्लासँग भिड्न लागेको जिरोना २१ अंकका साथ १० औं स्थानमा छ ।

यस्तै आजको अर्को खेलमा लिग लिडर बार्सिलोनाले लेभान्टेसँग खेल्दैछ । जारी लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनाले सातौं स्थानको लेभान्टेसँग उसैको मैदानमा खेल्दैछ ।

जारी लिगमा बार्सिलोनाले १५ खेलमध्ये ९ खेलमा जित, ४ खेलमा बराबरी र २ खेलमा पराजय भोगेको छ । ३१ अंकका साथ पहिलो स्थानमा रहेको बार्सिलोना आजको खेलमा लेभान्टेलाई पराजित गर्दै अंकदूरी बढाउने दाउमा छ ।

बार्सिलोनासँग भिड्न लागेको लेभान्टेसँग २२ अंक रहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *