रियलले क्लब विश्वकपको सेमिफाइनलमा जापानको क्लव सगं प्रतिष्पर्धा गर्ने

डिसी नेपाल
१ पुष २०७५ १५:४०

युरोपियन च्याम्पियन क्बल रियल मड्रिडले यस वर्षको क्लब विश्वकपको सेमिफाइनलमा जापानी क्बलसँग प्रतिस्पर्धा गर्ने भएको छ । साबिकको विजेता समेतर रहेको रियलले जापानीज क्लब काशिमा एन्टलर्सको सेमिफाइनलमा प्रतिस्पर्धा गर्ने भएको हो ।

युएईमा जारी सो प्रतियोगिताको दोस्रो चरणतर्फ जापानी क्लब काशिमाले मेक्सिकन क्लब डेपोर्टिभो ग्वाडलजरालाई हराउँदै यसअघि नै सेमिफाइनल प्रवेश गरिसकेको रियलसँग भेट गर्ने भएको हो । काशिमाले डेपोर्टिभोलाई ३–२ ले हराउँदै रियलसँगको भेट पक्का गरेको हो ।

रियलले आगामी बुधबार दोस्रो सेमिफाइनलतर्फ काशिमासँग खेल्नेछ । अबुधाबीमा हुने सो खेल नेपाली समयअनुसार राति १०ः४५ बजेदेखि सुरू हुनेछ । यसअघि सन् २०१६ को फाइनलमा यी दुई टोली खेलेका थिए । त्यसबेला अतिरिक्त समयसम्म पुगेको खेलमा रियल ४–२ ले विजयी रहेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *