फेरी चल्यो मेस्सीको जादु , लेभान्टे विरुद्ध पुरा गरे ह्याट्रिक

डिसी नेपाल
२ पुष २०७५ ४:४४

कप्तान लियोनल मेसीको ह्याट्रिक मद्दतमा बार्सिलोनाले ला लिगामा १० खेलाडीमा झरेको लेभान्टेलाई ५-० ले पराजित गरेको छ।

अवे मैदानमा लेभान्टेलाई फराकिलो अन्तरमा हारउन मेसीले तीन गोल गर्नुका साथै दुई गोलका लागि सहयोग समेत गरे। बार्सिलोनाको लागि मेसीको यो ४३औँ ह्याट्रिक हो। उनले एकै खेलमा ह्याट्रिक र दुई असिस्ट गरेको यो तेस्रो पटक हो। २०१० मा अल्मेरिया र २०११ मा ओसासुना विरुद्ध पनि मेसीले यस्तै उपलब्धी हात पारेका थिए। ला लिगामा भने मेसीको यो ३१औँ ह्याट्रिक हो।

३५औँ मिनेटमा लुइस सुअरेजको पहिलो गोलका लागि सहयोग गरेका मेसीले ४३ मिनेटमा गोल गर्दै बार्सिलोनालाई पहिलो हाफमा २-० को अग्रता दिलाए। ४७औँ मिनेटमा मेसीले व्यक्तिगत दोस्रो तथा बार्साको तेस्रो गोल गरे।

६०औँ मिनेटमा मेसीले गोल गर्दै ह्याट्रिक पुरा गरे। ७६औँ मिनेटमा एरिक कबाको रातो कार्ड पाउदै मैदान बाहिरिएपछि लेभान्टे १० खेलाडीमा झरेको थियो। त्यसैको फाइदा उठाउँदै जेरा पिकेले ८८औँ मिनेटमा बार्साका लागि पाँचौ गोल गर्दै सहज जित पक्का गरे।

लेभान्टेविरुद्ध ह्याट्रिकपछि मेसीले यस सिजन ला लिगामा गोलसंख्या १४ पुर्‍याएका छन्। यस्तै सुअरेजले ११ गोल गरेका छन्। युरोपको टप फाइभ लिगमा यो जोडीले सबैभन्दा धेरै २५ गोल गरिसकेका छन्।

सिजनको दशौँ जितपछि १६ खेलबाट ३४ अंक जोडेको बार्सिलोनाले शीर्ष स्थानमा ३ अंकको स्पष्ट अग्रता बनाएको छ। समान खेलबाट ३१ अंङ्क जोडेको एट्लेटिको मड्रिड र सेभिया क्रमशस् दोस्रो र तेस्रो स्थानमा छन्।

सेभियाले आइतवार भएको खेलमा गिरोनालाई २-० ले हराएको हो। सेभियाका लागि एभर बनेगा र पाब्लो सरावियाले गोल गरे।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *