ह्याट्रिक पुरा गरे सगैं मेस्सीको जताततै चर्चा

डिसी नेपाल
३ पुष २०७५ ५:२४

स्पेनिस ला लिगाअन्र्तगत आइबार रातिको खेलमा ह्याट्रिकको सहायताले साबिक विजेता बार्सिलोनालाई शानदार जित दिलाएका लियोनल मेस्सीको जताततै प्रशंसा हुन थालेको छ ।

लेभान्टेकै घरेलु मैदानमा ५–० को शानदार जित दिलाउन ह्याट्रिक गरेका कप्तान मेस्सीको चर्चा उनको टिममेटले मात्र नभएर लिजेन्ड खेलाडीले समेत प्रशंसा गरेका हुन् ।

बार्सिलोनाका लिजेण्ड एमोरले मेस्सीको यो प्रदर्शन र सफलतापछि उनको प्रशंसा गरेका हुन् । उनले मेस्स्ी विश्वकै सवोत्कृष्ट खेलाडी भएको बताएका छन् । उनले भनेका छन्, ‘मेस्सीले हार मानेनन् । उनी त्यस्तै खेल्छन्, किनकी उनी उत्कृष्ट छन् ।’

आइतबार रातिको खेलमा उनले विशेष उपलब्धी हात पारे । उनी बार्सिलोनाको जर्सीमा सबैभन्दा धेरै ला लिगाका खेल जित्ने खेलाडी बने । उनले बार्सिलोनाका लेजेण्ड खेलाडी जाभी हर्नान्डेजको रेकर्ड तोडे ।

उनले ३ सय २२ खेल जितेका हर्नान्डेजको रेकर्ड ब्रेक गरे । मेस्सीले ३ सय २३ खेल जित्दै हर्नान्डेजको कीर्तिमानी आफ्नो नाम गरे । गए रातिको खेलमा मेस्सीले ६० औं मिनेटभित्रै ह्याट्रिक पूरा गरे । उनले १७ मिनेटभित्र ह्याट्रिक पूरा गरे ।

उनले खेलको ४३ औं मिनेट, ४७ औं मिनेट र ६० औं मिनेटमा गोल गर्दै ला लिगामा आफ्नो ३१ औं ह्याट्रिक पूरा गरे ।

यसै खेलपछि एमोरले भनेका छन्, ‘मेस्सी निकै व्यवसायीक र गम्भीर खेलाडी हुन् । उनी कहिल्यै दोस्रो उत्कृष्ट खेलाडी हुन सक्दैनन् । उनी त उत्कृष्ट नै हुन् ।’ एमोरका अनुसार मेस्सीले पछिल्ला खेलहरुमा पनि निकै सुधार गर्ने प्रयास गरेका छन् ।

आइतबारको खेलपिछ उनी यस सिजनको ला लिगामा सर्वाधिक गोलकर्ताको सूचीमा पहिलो स्थानमा छन् । उनले जारी लिगमा १४ गोल गरेका छन् भने उनीभन्दा तल जिरोनाका क्रिस्टियन स्टौनी रहेको छन् । उनले ११ गोल गरेका छन् । यस्तै उनलाई पछ्याउने क्रममा बार्सिलोनाका खेलाडी लुइस स्वारेज रहेका छन् । उनले पनि ११ गोल गरेका छन् ।

यसैगरी ३१ वर्षीय मेस्सीले जारी लिगको गोल असिष्टमा पनि पहिलो स्थान बनाएका छन् । उनले जारी लिगमा १० गोलमा पास मिलाएका छन् भने दोस्रो स्थानमा एन्टोइन ग्रीजम्यान रहेका छन् । उनले ६ गोलमा पास मिलाएका छन् ।

यस्तै मेस्सीको खेलपछि उनका टिममेट जेरार्ड पिकेले पनि प्रशंसा गर्न कन्जुस्याईं गरेनन् । उनले मेस्सी अवार्डबिना पनि उत्कृष्ट खेलाडी भएको बताउँदै उनले कुनैपनि अवार्ड जितिरहनु नपर्ने उल्लेख गरे ।

पिकेले मेस्सीजस्तो फुटबलको दुनियाँमा अरु कोही नभएको बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *