आइपिएल अक्सनः सन्दिपको दिल्लीले अक्षर पटेललाई ५ करोडमा किन्यो

डिसी नेपाल
३ पुष २०७५ ११:०४

काठमाडौं। जारी आइपिएलको लिलामीमा नेपाली बलरसन्दिप लामिछाने आबद्ध दिल्ली क्यापिटल्सले भारतीय अलराउण्डर अक्षर पटेललाई ५ करोडमा किनेको छ । अघिल्लो सिजन किंग्स ११ पंजाबबाट खेलेका पटेललाई पंजाबले यो सिजन रिलिज गरेको थियो । यद्यपि आजको अक्सनमा अक्षरका लागि दिल्लीसँग पंजाबकै प्रतिस्पर्धा भएको थियो ।

वेष्ट इण्डिजका कार्लोस ब्रेथवेटले ५ करोड पाएका छन् । उनलाई कोलकाता नाइटराइडर्सले ५ करोड मूल्य दिएर किनेको हो । वेष्ट इण्डिजका यी अलराउण्डरको ब्याटिङ औसत १८।०५ रन र स्ट्राइक रेट १४६।८९ छ । वेष्ट इण्डिजकै सिमरन हेटमेयरलाई रोयल च्यालेन्जर्स बैंगलोरले ४ करोड २० लाखमा किनेको छ । उनको ३१ को औसत रन र १४४ को स्ट्राइक रेट छ । हेटमेयर टप अर्डर ब्याट्सम्यान हुन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *