पोर्चुगलमा बिरामी परेका नेपालीको विचल्ली

डिसी नेपाल
२३ साउन २०७६ २२:४८

लिस्बन । वैदेशिक रोजगारीका सिलसिलामा पोर्चुगल आएका एक नेपाली गम्भीर रोगका कारण थला परेका छन् । सात महीनादेखि पोर्चुगलमा काम गर्दै आएका सङ्खुवासभाको मकालु गाउँपालिकाका ३९ वर्षीय प्रेमबहादुर गुरुङ दुवै मिर्गौलाले काम गर्न छाडेपछि विचल्लीमा परेका हुन्।

गुरुङले एक महीनादेखि डायलाइसिस गर्दै आएका छन्। उनी उच्च रक्तचाप र मधुमेहबाट समेत ग्रसित छन्। असार १९ गते सामान्य उपचारका लागि स्वास्थ्य केन्द्र पुगेकाका गुरुङले मिर्गौला पीडित भएको थाहा पाएका थिए। ११ लाख खर्च गरी उनी पोर्चुगल आएका थिए।

आर्थिक अवस्था कमजोर भएका गुरुङको उपचारमा समस्या भएको छ । चिकित्सकले दुई महीनासम्म डाइलासिस गर्नुपर्ने र सुधार नभए मिर्गौला प्रत्यारोपण गर्नुपर्ने सल्लाह दिएको गुरुङले बताए। रासस


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *