सन्दिप लामिछाने क्यारेबियन प्रिमियर लिग खेल्न जान अवरोध, अमेरिकाले भिसा दिएन

डिसी नेपाल
२८ साउन २०७६ ११:१५

काठमाडौं। वेष्ट इण्डिजको क्रिकेट लिग क्यारेबियन प्रिमियर लिग खेल्न जान नेपाली क्रिकेटर सन्दिप लामिछानेलाई कठिन भएको छ । अमेरिकाले उनलाई भिसा दिन अस्वीकार गरिदिएको छ । लिगका केही खेल अमेरिकामा पनि हुँदैछन् ।

सिपिएल ४ सेप्टेम्बरदेखि सुरु हुँदैछ । गत सिजन सेन्ट किट्स एण्ड नेभिस प्याट्रिओट्सबाट खेलेका सन्दिप यो सिजन बार्बाडोस ट्रडेन्टसमा छन् । सन्दिप आबद्ध बार्बाडोसको पहिलो खेल भने ८ सेप्टेम्बरमा छ । पहिलो खेलमा बार्बाडोस गुएना अमेजन वारियर्ससँग खेल्दैछ ।

सन्दीपले ट्वीटरमा दिएको जानकारीअनुसार उनले क्यारेबियन प्रिमियर लिग २०१९ खेल्न अमेरिका जानका लागि मंगलबार काठमाडौंस्थित अमेरिकी दूतावासमा भिसा अप्लाई गरेका थिए । सबै कागजात समावेश गर्दागर्दै पनि आफूलाई भिसा नदिएकोमा अचम्म लागेको सन्दीपले उल्लेख गरेका छन्।

अमेरिकी दूतावासले भिसा नदिएपछि आफूलाई सिपिएल खेल्न जान गाह्रो भएको सन्दीपले ट्वीटरमा उल्लेख गरेका छन्। सन्दीपले यसअघि इन्डियन प्रिमियर लिगलगायत संसारभरका प्रतिष्ठित क्रिकेट लिग खेलिसकेका छन्। उनले सिपिएलको गत संस्करण पनि खेलेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *