मेस्सीको भन्दा उत्कृष्ट प्रदर्शन गर्ने हो हुन् यी खेलाडी ? यति उत्कृष्ट छ उनको रेकर्ड

डिसी नेपाल
२८ साउन २०७६ १३:३०

काठमाडौं। यसै सिजन एथ्लेटिको मड्रिडमा भित्रिएका जोआओ फेलिक्सले लस रोजीब्लांकोस आएसँगै फुटबलमा नयाँ तरंग ल्याएका छन् । उनले एक सिजनमा लियोनेल मेस्सीको भन्दा उत्कृष्ट प्रदर्शनको रेकर्ड बनाएका छन् । एथ्लेटिकोको लागि प्रि–सिजनमा कूल २५० मिनेट खेलेका यी पोर्चुगिज स्टारले अहिलेसम्मका खेलमा हरेक ३६ मिलेटमा गोल वा गोलका लागि असिस्ट गरेका छन् ।

मेस्सी अहिलेजम्म यति उत्कृष्ट फिगरसम्म कहिल्यै पुगेका छैनन् । २०११–१२ को सिजनमा ५ हजार २२१ मिनेटमा कूल ७३ गोल र २९ असिस्ट गर्दासमेत मेस्सीले यो आँकडा छुन सकेका थिएनन् । यतिबेला मेस्सीको गोल वा असिस्टको अनुपात प्रत्येक ५१ मिनेटको थियो । एथ्लेटिकोले युभेन्टसलाई २–१ ले हराउँदासम्म आइपुग्दा फेलिक्सले प्रोफेशनल फुटबलरको रुपमा ४३ खेल खेलेका छन् । यी खेलमा उनले २० गोल गरेका छन् र ११ असिस्ट गरेका छन् ।

फेलिक्सको यो आँकडा क्रिस्टियानो रोनाल्डोको सुरुवाती ४३ खेलको भन्दा पनि उत्कृष्ट छ । रोनाल्डोले सुरुवाती ४३ खेलमा ६ गोल र ९ असिस्ट गरेका थिए । एथ्लेटिकोमा आएपछि फेलिक्सले पहिलो गोल रियल मड्रिडविरुद्ध मैत्रीपूर्ण खेलमा गरेका थिए जुन खेल एथ्लेटिकोले ७–३ ले जितेको थियो । यो खेलमा फेलिक्सले १ गोलसँगै २ असिस्ट गरेका थिए । एमएलएस अल स्टार्ससँगको ३–० को जीतमा फेलिक्सले १ गोल र १ असिस्ट गरे । ओल्ड लेडीविरुद्धको खेलमा उनले थप २ गोल गरे । एथ्लेटिकोको प्रि सिजनमा ३ खेलमै ४ गोल र ३ असिस्ट गरेका उनले २०१९–२० सिजन शानदार हुने संकेत गरिसकेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *