रोनाल्डोले गरे जिदानको प्रशंशा, भने ‘जिदानले मलाइ विशेष बनाएका हुन्’

डिसी नेपाल
२८ साउन २०७६ १३:३६

काठमाडौं। पोर्चुगिज स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले रियल मड्रिडका प्रशिक्षक जिनेदिन जिदानको प्रसंशा गरेका छन् । अघिल्लो सिजन मात्र रियलबाट इटालियन क्लब युभेन्टस गएका रोनाल्डोले डीएजेडएनसँगको अन्तर्वार्ताको क्रममा प्रशिक्षक जिदानको तारिफ गरेका हुन् ।

रोनाल्डोले अन्तर्वार्ताको क्रममा जिदानसँगको आफ्नो सम्बन्धका बारेमा बताएका थिए । रोनाल्डो र जिदानले साढे २ सिजन एकसाथ बर्नाबेउमा बिताएका थिए । रोनाल्डोले सन् २००९ देखि २०१८ सम्म रियलमा खेले । यता, जिदानले भने सन् २०१६ देखि २०१८ सम्म रियलमा बिताएका थिए । तर, सन् २०१८ को सिजनको बीचमा दुवैले क्लब छोडे । रोनाल्डो रियल छोडेर युभेन्टस गए भने जिदान ९ महिनापछि पुनः रियलकै प्रशिक्षणमा फर्किए ।

साढे २ सिजन जिदानसँग एकसाथ बिताएका रोनाल्डोले आफू विशेष बन्नुमा जिदानको विशेष भूमिकचा रहेको बताएका छन् । उनले भनेका छन्, ‘जिदानले मलाई विशेष बनाएका हुन् । यसमा उनको ठूलो हात रहेको छ ।’

‘एउटा खेलाडीमा हुने आत्मविश्वास खेलाडीबाटै आएको हुँदैन’ उनले थपे, त्यहाँ अन्य वरिपरिका मानिसका हात रहेको हुन्छ । अरु मानिसहरू र कोचबाट आत्मविश्वास थपिन्छ । र, मात्र तपाईं आफूलाई एक विशेष महसूस गर्न पाउनुहुन्छ । र, जिदानले मलाई महत्त्वपूर्ण महसूस गराएका छन् ।’

यस्तै उनले जिदानसँग काम गर्न पाउँदा अझ बढी आफू उनको प्रशंसक भएको बताए । उनले भने, उनीसँग काम गर्न पाउँदा खुशी थिएँ । उनले मलाई अधिक रुपमा सहयोग गरे । म पहिलेदेखि नै उनलाई धेरै आदर गर्थे । र, म जिदानसँग काम गर्न पाउँदा अझ बढी उनको प्रशंसक भएँ । किनकी, म उनको एक मन पर्ने पात्रको रुपमा थिएँ । उनले कसरी कुरा गर्थे, उनी कसरी टोलीको नेतृत्त्व गर्थे र उनले कसरी मलाई सिकाउथे ।’

यसैगरी रोनाल्डोले जिदान एक इमान्दार प्रशिक्षक भएका कारण रियल उनीबाट प्रभावित भएको बताए । रोनाल्डोले भने, ‘उनले मलाई भनेका थिए : क्रिस (क्रिस्टियानो रोनाल्डो), आरामले खेल, बाहिर जाउ र आफ्नो खेल खेल । तिमी एकमात्र हौ जसले खेललाई केही फरक बनाउँछ ।’

रोनाल्डोले थपे, ‘उनी सधैं एक इमान्दार प्रशिक्षक थिए र यसै कारण पनि रियल मड्रिड उनीबाट प्रभावित थियो ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *