दक्षिण अफ्रिकाको नयाँ कप्तानमा डि कक, डु प्लेसिस टी–२० टिममा परेनन्

डिसी नेपाल
२९ साउन २०७६ ७:२०

एजेन्सी । भारत भ्रमणका लागि दक्षिण अफ्रिकाले आफ्नो टेष्ट र टी–२० टोलीको घोषणा गरेको छ। मंगलबार सार्वजनिक गरिएको टोलीमा टी–२०को लागि नयाँ कप्तानको रुपमा क्विन्टन डि ककले जिम्मेवारी पाएका छन्। यो सँगै यसअघिका कप्तान डु प्लेसिसको कप्तानी खोसिएको छ। उनले कप्तानको साथसाथै टिममा पनि स्थान बनाउन सकेनन्।

यस्तै मंगलबार नै घोषणा गरको टेष्ट टिमको कप्तानी भने डु प्लेसिसले नै गर्ने भएका छन्। यसैगरी दक्षिण अफ्रिकाको टेष्ट टिममा तीन नयाँ खेलाडी परेका छन्। हालै सम्पन्न विश्वकप पछि बोर्डले डु प्लेसिसलाई टेस्टमा कप्तानीको जिम्मा दिने बताएता पनि एकदिवसीय र टी–२० मा के गर्ने भनेर निर्णय लिएको थिएन ।

विश्वकपमा दक्षिण अफ्रिकाले खराब प्रदर्शन गर्दै पहिलो चरणबाट नै बाहिरिएसँगै कप्तान डु प्लेसिसलाई पदबाट हटाउने अड्कलबाजी चलेको थियो । दक्षिण अफ्रिकाले सेप्टेम्बरमा गर्ने भारत भ्रमणका क्रममा समान ३–३ ट्वान्टी ट्वान्टी र टेस्ट खेल्ने छ ।

टी–२० टोलीः क्विन्टन डि कक (कप्तान), रस्सी भान डर दुस्सेन, टेम्बा बवुमा, जुनियर डाला, व्जोर्न फोर्टुइन, बेरन हेन्ड्रिक्स, रेजा हेन्ड्रिक्स, डेविड मिलर, एनरिच नोर्ट्जे, एन्डिले फेहलुक्वायो, ड़्वोएन प्रेटोरियोस, कागिसो रबाडा, ताब्रिज शम्सी, जोन–जोन स्मट्स

टेस्ट टोलीः फाफ डु प्लेसिस (कप्तान), टेम्बा बवुमा, थेउनिस डि ब्रुयन, क्विन्टन डि कक, डिन एल्गर, जुबयर हम्ज़ा, केशव महाराज, ऐडेन मक्राम, सेनुरन मुथुशमी, लुंगी एनगिडी, एनरिच नोर्ट्जे, भेरोन फिलान्डर, दाने पिएद्ट, कागिसो रबाडा, रुडी सेकेन्ड




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *