एसेज सिरिज अन्तर्गतको दोस्रो टेष्ट आजदेखि

डिसी नेपाल
२९ साउन २०७६ ७:५४

एजेन्सी । विश्व टेस्ट च्याम्पियनसिप अन्तर्गत एसेज शृंखलाको दोस्रो टेस्ट बुधबारदेखि सुरु हुँदैछ । अस्ट्रेलिया र इंग्ल्याण्डबीचको दोस्रो टेस्ट बुधबारदेखि इंग्ल्याण्डको लर्डसमा दिउँसो पौने ४ बजेदेखि सुरु हुनेछ ।

पहिलो टेस्टमा उत्कृष्ट पुनरागमन गर्दै एक दिवसीय विश्वकप जितेको इंग्ल्याण्डलाई अस्ट्रेलियाले २५१ रनले पराजित गरेको थियो । यो टेस्टमा इंग्ल्याण्डका जोफ्रा आर्चरले डेब्यू गर्नेछन् ।

यस्तै आजदेखि सुरु हुने दोस्रो टेस्टमा इंग्ल्याण्डका खेलाडीहरु रातो क्याप लगाएर मैदानमा उत्रने छन् । फोक्सोको क्यान्सरबारे जनचेतना बढाउने उद्देश्यले खेलाडीहरुले यस्तो गर्न लागेका हुन् । इंग्ल्याण्डका पूर्व खेलाडी एन्ड्रू स्टार्सकी श्रीमती रुथ स्टार्सको फोक्सोको क्यान्सरबाट निधन भएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *