अर्जेन्टिनालाई विश्वकप जिताएका ब्राउनको निधन

डिसी नेपाल
२९ साउन २०७६ ९:०८

एजेन्सी । अर्जेन्टिनालाई विश्वकप जिताएका खेलाडी होसे लुइस ब्राउनको ६२ वर्षको उमेरमा निधन भएको छ ।अल्बिसेलेस्टका पूर्व मिडफिल्डर ब्राउन अल्जाइमर्स रोगबाट ग्रसित थिए ।

ब्राउनलाई अर्जेन्टिनी फुटबलमा टाटा को नामले चिनिन्छ । अर्जेन्टिनाको लागि ३६ खेल खेलेका उनी सन् १९८६ को विश्वकपबाट चर्चित भएका थिए । उनले देशको लागि पहिलो गोल जर्मनीको विरुद्धको खेलमा गरेका थिए ।

१९८६ को विश्वकप फाइनलमा अर्जेन्टिनाले जर्मनिलाई ३–२ ले गर्दै उपाधि जितेको थियो । त्यस खेलमा ब्राउनले अर्जेन्टिनी खेलाडी फोलक्लोरको स्थानमा मैदान प्रवेश गर्दै देशलाई उपाधि जिताउनका लागि गोल गरेका थिए । ब्राउनले सन् २००७ देखि २००९ सम्म अर्जेन्टिनाको यू–१७ टोलीको प्रशिक्षकको जिम्मेवारी सम्हालेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *