मेस्सीले ला लिगाको पहिलो खेल गुमाउने !

डिसी नेपाल
२९ साउन २०७६ ९:४१

एजेन्सी। स्पेनिस क्लब बार्सिलोनाका कप्तान लियोनेल मेसीले यस सिजनको ला लिगाको पहिलो खेल गुमाउने भएका छन् । हाल चोटका कारण फिटहुने क्रममा रहेका मेसीले शुक्रबार राति बिल्बाओसँग हुने ला लिगाको पहिलो खेल नखेल्ने प्रशिक्षक इर्नेस्टो भालभेर्डोले जानकारी दिएका छन् ।

भालभेर्ड़ोले शुक्रबारको खेलमा मेसी खेल्ने सम्भावना निकै कम रहेको बताए । मेसी खेल्ने अनिश्चित भएपछि बार्सिलोना मेसी बिना नै एथलेटिको बिल्बाओसँगको खेल खेल्ने तयारी गरेको छ । भालभेर्ड़ोले भने, ‘मैले मेसी बिल्बाओविरुद्ध खेलुन भन्ने कामना गरिरहेको छु तर मुश्किल देखिएको छ ।’

दाहिने तिघ्रामा समस्या भएका कारण मेसी बार्सिलोनाले गरेको प्रिसिजनको अमेरिका टुरमा समेत सहभागी भएका थिएनन् । सो टुरमा बार्सिलोनाले इटालियन क्लब नापोलीलाई दुवै खेलमा पराजित गरेको थियो । बार्सिलोनाले नयाँ सिजनको पहिलो खेल नेपाली समय अनुसार शुक्रबार राति १२ः४५ मा खेल्दै छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *