पोर्टो च्याम्पियन्स लिग छनोटबाट बाहिरियो, आयाक्स प्लेअफमा

डिसी नेपाल
२९ साउन २०७६ १०:०३

एजेन्सी । पोर्चुगलको क्लब एएफसी पोर्टो च्याम्पियन्स लिग छनोटबाट बाहिरिएको छ । रसियन क्लब एफसी क्रास्नोडारसंग अवे गोलका आधारमा पराजित हुदै पोर्टो छनोटबाट बाहिरिएको हो ।

गत सिजन च्याम्पियन्स लिगको सेमिफाईनलमा पुगेको आयाक्स भने अन्तिम प्लेअफमा स्थान पक्का गरेको छ । सन् २००४ मा पहिलो पटक उपाधि जितेको पोर्टो सन् २०१०–११ को सिजनपछि पहिलो पटक प्रतियोगिता खेल्न नपाउने भएको हो ।

पोर्चुगलको क्लब पोर्टो पहिलो लेगको खेलमा १–० ले अघि थियो । तर दोस्रो लेगको खेलमा ३४ मिनेटभित्र ३–० ले पछाडी पर्यो । तर दोस्रो हाफमा जी लुईज र लुईस डियाजले एक एक गोल गरेपनि टोलीको हार टार्न भने सकेनन् ।

यता आयाक्स समेत पछाडी परेको स्थितीलाई उल्ट्याउँदै दोस्रो लेगको खेलमा ३–२ को नतिजा निकाल्दै समग्रमा ५–४ को जित दर्ता गर्न सफल रह्यो । डच च्याम्पियन आयाक्सले अब च्याम्पियन्स लिगको समुह चरणमा स्थान बनाउन अपोल निकोसियासंग प्रतिस्पर्धा गर्नेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *