रवि लामिछानेका समर्थकलाई करिश्माले ‘भेडा’ भनेपछि …

डिसी नेपाल
१ भदौ २०७६ १०:४९

काठमाडौं। पत्रकार शालिकराम पुडासैनीलाई आत्महत्याको लागि दुरुत्साहन गरेको अभियोग लागेपछि रवि लामिछाने अहिले चितवनमा न्यायिक हिरासतमा छन् । उनीलाई पक्राउ गरिएसँगै उनको समर्थकको ठूलो जमातले चितवनमा प्रदर्शन गरिरहेको छ । यही बीच शनिबार पत्रकार पुडासैनीलाई न्यायको माग गर्दै अर्को समूहले प्रदर्शन गर्यो ।

पछिल्ले समय रविको पक्ष र विपक्षमा विभिन्न धारणाहरु आइरहेका छन् । यही बीचमा अभिनेत्रीकरिश्मा मानन्धरले फेसबुकमा रविको पक्षमा प्रदर्शन गर्नेहरुलाई ‘भेडा’को संज्ञा दिँदै एउटा पोस्ट लेखिन् । यो पोस्टका कारण उनी निकै विवादित भइन् । सामाजिक संजालमा उनको चर्को आलोचना भयो ।

त्यो पोस्टका कारण आलोचना भएपछि करिश्माले स्पष्टिकरण दिएकी छिन् । उनले रविका समर्थकलाई भेडा नभनेको भन्दै प्रवृत्तिको आलोचना गरेको बताएकी छिन् । उनले लेखेकी छिन् –‘कतिपय आवस्थामा हाम्रो अग्रिम या छिटो प्रतिक्रियाले परिस्थिति असहज बनाउँछ । कतिपय कुरामा राज्यको कामकारबाही असहज हुन्छ । हामी एउटा कानुनी राज्यमा बस्छौ कि त यो देशको कानुन नमान्न पर्यो कि राज्यलाई सहयोग पुर्याउनु पर्यो । राज्यको कामकारबाही सही नभएमा अवश्य पनि आपत्ति उठाउनु पर्छ । सही तरिकाले काम गर्नु शान्ति सुरक्षा कायम गर्नु राज्यको दायित्व हो ।’




प्रतिक्रिया

2 thoughts on “रवि लामिछानेका समर्थकलाई करिश्माले ‘भेडा’ भनेपछि …

  1. Tehitw police process vairaxa ani hami chai kina jindabad vandai aandolan ma ultai police ko kam badhak vaxau hami

Leave a Reply to Devraj bk Cancel reply

Your email address will not be published. Required fields are marked *