ह्याण्डबलको महिला टोली भारत प्रस्थान

डिसी नेपाल
२ भदौ २०७६ १२:४५

काठमाडौँ । भारतको जयपुरमा आयोजना गरिएको आठौँ एशियाली युथ च्याम्पियनशिप ह्याण्डबल प्रतियोगितामा सहभागी हुन नेपाली महिला टोली आइतबार त्यसतर्फ प्रस्थान गरेको छ।

बुधबारदेखि सञ्चालन हुने उक्त प्रतियोगितामा सहभागी हुने नेपाली टोलीका खेलाडी तथा प्रशिक्षकलाई नेपाल ह्याण्डबल सङ्घले एक कार्यक्रम आयोजना गरी बिदाइ गरेको हो । सो अवसरमा गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री नरदेवी पुन, प्रदेशसभा सदस्य एवम सङ्घका केन्द्रीय उपाध्यक्ष मोहन रेग्मी, सङ्घका अध्यक्ष तेजबहादुर गुरुङ, पूर्वअध्यक्ष शेरबहादुर गुरुङलगायतले सफलताको कामना गरेका थिए।

पन्ध्र वर्षदेखि १८ वर्षमुनिका खेलाडी सहभागी सो युथ च्याम्पियनशिपमा नेपाली टोलीको कप्तानी मोनिका थापाले गरेका थिए। सङ्घका अध्यक्ष गुरुङका अनुसार १० देशका खेलाडीले प्रीतस्पर्धा गर्ने उक्त प्रतियोगितामा नेपालले पहिलोपटक सहभागिता जनाउन लागेको हो।

टोलीमा १६ खेलाडी, टिम व्यवस्थापक र प्रशिक्षकसहित २० जना रहेका छन्। नेपालले भदौ ४ गते चीनसँग, ५ गते भारतसँग, ६ गते कजाकस्तान र भदौ ७ गते मङ्गोलियासँग प्रतिष्पर्धा गर्ने टिम व्यवस्थापक शान्ति थापाले जानकारी दिए । टोलीले दुई साता पोखरामा अभ्यास गरेको थियो। रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *