वेष्ट इण्डिजमा खेल्न गएको भारतीय क्रिकेट टिमलाई धम्की, सुरक्षा बढाइयो

डिसी नेपाल
२ भदौ २०७६ १३:००

काठमाडौं। वेष्ट इण्डिजमा खेल्न गएको भारतीय क्रिकेट टिमलाई धम्की आएपछि सुरक्षा बढाइएको छ । बीसीसीआइका एक उच्च अधिकारीले धम्की आएपछि सुरक्षा बढाइएको जानकारी दिएका छन् । भारतीय टिमलाई एक अतिरिक्त वाहन चालक उपलब्ध गराइएको र भारतीय उच्चायोगले एन्टिगा सरकारलाई पनि यसबारे जानकारी गराएको बताइएको छ ।

यसअघि भारतीय टिममाथि आक्रमण हुन सक्ने धम्की प्राप्त भएको थियो । यो धम्की सिधै भारतीय टिमलाई प्राप्त नभइ पाकिस्तान क्रिकेट बोर्डलाई प्राप्त भएको थियो । समाचारअनुसार पीसीबीलाई एउटा धम्कीपूर्ण इमेल पठाइएको छ जसमा भारतीय टिममाथि आक्रमण हुन सक्ने आशंका जनाइएको छ । पीसीबीले त्यो इमेल बीसीसीआइ र आइसीसीलाई पठाएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *