आईसीसी वरियतामा नेपाल यथावत

डिसी नेपाल
२ भदौ २०७६ १९:५६

काठमाडौं । अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को टि ट्वान्टीको वरियतामा नेपाल यथावत रहेको छ । आईसीसीले सोमबार सार्वजनिक गरेको टि–ट्वान्टीको नयाँ वरियतामा नेपाल यथावत रहदै ११ औं स्थानमा रहेको छ । अघिल्लो महिना पनि नेपाल ११ औं स्थानमै रहेको थियो ।

नयाँ वरियता अनुसार नेपालले १४ खेलबाट २०१ रेटीङ अंक पाएको छ । नेपालले गत महिना मलेसियासँगको दुई खेलको टि– ट्वान्टी सिरिज र सिंगापुरमा आईसीसी टि–ट्वान्टी विश्वकप छनोट अन्तर्गतको एसिया फाइनल खेलेको थियो।

एसोसियट राष्ट्र मध्यको टि–ट्वान्टी वरियतामा भने नेपाल शीर्ष स्थानमा रहेको छ । नेपाल भन्दा तल दुई टेष्ट राष्ट्र जिम्बावे र आयरल्याण्ड रहेका छन् । नेपाल टेष्ट राष्ट्र बंगलादेशभन्दा १ रेटीङ अंकले पछि रहेको छ ।

टिट्वान्टी वरियताको शीर्ष स्थानमा पाकिस्तान, दोस्रोमा इंग्ल्याण्ड र तेस्रोमा दक्षिण अफ्रीका रहेका छन् । यस्तै चौंथो स्थानमा भारत र पाँचौ स्थानमा अष्ट्रेलिया रहेका छन् ।

आईसीसीले सार्वजनिक गरेको एकदिवसीय वरियतामा पनि नेपाल १५ औं स्थानमा यथावत रहेको छ । नेपालले ८ खेलबाट १५२ रेटीङ अंक पाएको छ ।

एकदिवसीय वरियतामा नेपाल भन्दा तल युएई र पपुवा न्युगिनी रहेका छन् ।

एकदिवसीय वरियताको शीर्ष स्थानमा इंग्ल्याण्ड, दोस्रोमा भारत, तेस्रोमा न्युजिल्याण्ड, चौंथोमा अष्ट्रेलिया र पाँचौ स्थानमा दक्षिण अफ्रीका रहेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *