अफगानिस्तानका खेलाडी शाहजादलाई प्रतिबन्ध!

डिसी नेपाल
३ भदौ २०७६ ७:१७

एजेन्सी । अफगानिस्तान क्रिकेट बोर्डले विकेटकिपर ब्याट्सम्यान मोहम्मद शाहजादलाई एक वर्षको लागि निलम्बन गरेको छ ।

केहि दिन अघि मात्र अनिश्चितकालका लागि निलम्बन गरेको बताएको बोर्डले आइतबार विज्ञप्ति निकाल्दै एक वर्षको लागि निलम्बन गरेको जनाएको हो । शाहजाद एक बर्षसम्म क्रिकेट सम्बन्धि कुनै पनि गतिबिधिमा समावेश हुन पाउने छैनन् ।

शाहजादले बाहिर जाँदा कुनै स्विकृति नलिएर बोर्डको आचार संहिता पालना नगरेको भन्दै बोर्डले उनलाई कारबाही स्वरुप निलम्बन गरेको हो । बोर्डले विज्ञप्तिमा भनेको छ ‘अफगानिस्तान क्रिकेट बोर्डले अफगानिस्तानमा नै आफ्ना खेलाडीहरुको अभ्यासका लागि सुविधा सम्पन्न र राम्रो प्रशिक्षणको व्यवस्था गरेको छ । कुनै पनि खेलाडीले अभ्यासका लागि भने विदेश जान पर्दैन । ‘

पछिल्लो समय शाहजादको बोर्डसँगको सम्बन्ध बिग्रिएको छ । इंग्ल्यान्ड र वेल्समा हालै सम्पन्न विश्वकपका क्रममा शाहजाद घाइते भएको भन्दै उनको स्थानमा अर्को खेलाडीलाई टोलीमा समावेश गर्दै उनलाई घर फर्काइएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *