टेस्ट वरियतामा स्मिथको छलाङ

डिसी नेपाल
३ भदौ २०७६ ८:०३

एजेन्सी । आइसीसीको नयाँ टेस्ट वरियतामा अष्ट्रेलियाका पूर्व कप्तान स्टिभ स्मिथ दोस्रो स्थानमा उक्लिएका छन् । इंग्ल्याण्डविरुद्धको एसेज सिरिजपछि स्मिथले वरियतामा फड्को मारेका हुन् । उनले ९१३ रेटिङ अंक पाएका छन् ।

यस्तै भारतीय क्रिकेट कप्तान विराट कोहली टेस्ट क्रिकेटको ब्याट्सम्यानतर्फको नयाँ वरियताको शीर्ष स्थानमा यथावत रहन सफल भएका छन् । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी)ले सोमबार निकालेको नयाँ वरियतामा कोहली शीर्ष स्थानमा कायम रहेका हुन् । नयाँ वरियतामा कोहलीले ९२२ रेटिङ अंक प्राप्त गरेका छन् ।

न्युजिल्याण्डका केन विलियम्सन तेस्रो स्थानमा झरेका छन् । उनले ८८७ रेटिङ अंक पाएका छन् । नयाँ वरियतामा भारतका चेतेश्वर पुजारा चौंथो र हेनरी निकोलस पाँचौ स्थानमा रहेका छन् ।

टेस्ट क्रिकेटको बलिङतर्फ अष्ट्रेलियाका पाट कुमिन्स पहिलो, दक्षिण अफ्रिकाका कागिसो राबडा दोस्रो र इंग्ल्याण्डका जेम्स एण्डरसन तेस्रो स्थानमा रहेका छन् । त्यस्तै चौंथोमा दक्षिण अफ्रिकाका भेर्नोन पिलान्धरे,पाँचौमा भारतका रबिन्द्र जडेजा रहेका छन् । त्यस्तै अलराउण्डरतर्फ वेष्ट इण्डिजका जासन होल्डर शीर्ष स्थानमा रहदा शाकिब अल हसन दोस्रो र भारतका रबिन्द्र जडेजा तेस्रो स्थानमा रहेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *