वायर्नबाट धेरै उपाधि जित्ने कौटिन्होको चाहना!

डिसी नेपाल
३ भदौ २०७६ ११:५३

एजेन्सी । जर्मन क्लब वायर्न म्युनिखका अट्याकिङ मिडफिल्डर फिलिपे कौटिन्होले क्लबबाट धेरै उपाधि जित्ने चाहना रहेको बताएका छन् ।

स्पेनिस क्लब बार्सिलोनाबाट एक वर्षका लागि लोनमा क्लब आएका ब्राजिलियन खेलाडी कौटिन्होले स्पेनमा आफुले सोचे जस्तो नभएको तर वायर्नमा लामो समय बस्न र धेरै उपाधि जित्ने चाहना रहेको बताए ।

कौटिन्होले भने, ‘बार्सिलोनामा हामीले कल्पना गरेको जस्तो धेरै कुरा भएन । तर, यो इतिहास भएको छ । मलाई आशा छ म यहाँ लामो समय रहने छु र धेरै उपाधि जित्न चाहन्छु ।’ जर्मन च्याम्पियन वायर्नले २७ वर्षे मिडफिल्डर कौटिन्होलाई ८.५ मिलियन युरोमा अनुबन्ध गरेको हो । यस्तै बार्सिलोनाले कौटिन्होलाई १२० मिलियन युरोमा किन्नका लागि अवसर समेत दिएको छ ।

यस्तै वायर्नले कौटिन्होलाई १० नम्बरको जर्सी दिएको छ । यसअघि १० नम्बरको जर्सी आर्जेन रोबिनले लगाउदै आएका थिए । कौटिन्होले १० नम्बरको जर्सी पाएसँगै आफुलाई ठुलो जिम्मेवारी थपिएको समेत बताए । कौटिन्हो सन् २०१८ मा इन्ग्लिश क्लब लिभरपुलबाट बार्सिलोना आएका थिए । उनले बार्सिलोनाबाट ७६ खेलमा २१ गोल गरेका थिए ।




प्रतिक्रिया

One thought on “वायर्नबाट धेरै उपाधि जित्ने कौटिन्होको चाहना!

  1. Promethazine 25 Mg Tablet Hctz 25 Mg Cheap Prix Рір‚вђ№рір‚вђ№de Priligy cialis Cheapest Generic Viagra Cheapest Prices Vipps Certified Pharmacy Mail Order Bactoran

Leave a Reply

Your email address will not be published. Required fields are marked *