निमोनियाले ग्रस्त भएपछि युभेन्ट्सका प्रशिक्षक सर्री अस्पताल भर्ना

डिसी नेपाल
३ भदौ २०७६ १२:११

एजेन्सी । इटालियन क्लब युभेन्ट्सका मुख्य प्रशिक्षक माउरीजियो सर्री निमोनियाले ग्रस्त भएपछि अस्पताल भर्ना भएका छन्  ।

चेल्सीका पूर्व प्रशिक्षक समेत रहेका ६० वर्षे सर्री सोमबार अस्पताल भर्ना भएका हुन् । उनको टुरिनको एक अस्पतालमा उपचार भईरहेको बताईएको छ । निमोनियाले ग्रस्त भएपछि सर्री सोमबार भएको ट्रीसटिनाविरुद्धको मैत्रीपूर्ण खेलमा समेत उपस्थित भएका थिएनन्  ।

इटालियन सिरी ए अन्तर्गत नयाँ सिजनको पहिलो खेलमा समेत सार्री अनुपस्थित हुने बताईएको छ । युभेन्ट्सले सिजनको पहिलो खेल शनिबार पर्मासँग खेल्नेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *