बार्सिलोना संकटमा, मेस्सी र स्वारेजपछि डेम्बेले पनि टिम बाहिर

डिसी नेपाल
३ भदौ २०७६ १२:४७

एजेन्सी । स्पेनिस क्लब बार्सिलोनाका फरवार्ड उसमाने डेम्बेले पाँच हप्ता मैदान बाहिर रहने भएका छन् । स्पेनिस ला लिगा अन्तर्गत सिजनको पहिलो खेलमा चोट बोकेका २२ वर्षे डेम्बेले पाँच हप्ता मैदान बाहिर रहने भएका हुन् ।

फ्रेन्च फरवार्ड डेम्बेलेले एथ्लेटिको बिल्बाओसँगको खेलमा चोट बोकेका थिए । उक्त खेल बार्सिलोनाले १–० ले गुमाएको थियो । बार्सिलोनाले ह्यामिस्ट्रिङ चोट बोकेको कारण डेम्बेले पाँच साता मैदान बाहिर रहने पुष्टि गरेको छ ।

बार्सिलोनाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘मेडिकल रिपोर्ट अनुसार उनको बायाँ खुट्टाको ह्यामिस्ट्रिङ भएको छ र फ्रान्सका डेम्बेले करिब पाँच हप्ता बाहिर रहने छन्’ ।डेम्बेले पनि घाईते भएपछि बार्सिलोना समस्यामा परेको छ । चोट बोकेका कप्तान लियोनल मेस्सी र लुइस स्वारेज पनि टिम बाहिर रहेका छन् ।




प्रतिक्रिया

One thought on “बार्सिलोना संकटमा, मेस्सी र स्वारेजपछि डेम्बेले पनि टिम बाहिर

Leave a Reply

Your email address will not be published. Required fields are marked *