आन्तरिक मामिलामा हस्तक्षेप नगर्न क्यानडालाई चीनको आग्रह

डिसी नेपाल
३ भदौ २०७६ २३:२१

बेइजिङ, (रासस/सिन्ह्वा) । चीनको परराष्ट्र मन्त्रालयद्वारा हङकङ समस्याबारे आएका भनाइप्रति चासो व्यक्त गर्दै चीनको आन्तरिक मामिलामा हस्तक्षेप नगर्न क्यानडासँग आग्रह गरेको छ।

चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता कङ श्वाङले मङ्गलबार आयोजित नियमित पत्रकार सम्मेलनमा क्यानाडाले हङकङ मामिलाबारे छलफल गर्ने ‘अधिकार र योग्यता’ नभएको बताउँदै चीनले क्यानाडासँग हङकङ समस्यामा सतर्क भएर बोल्न वा गतिविधि गर्न कडाइका साथ आग्रह गरेको बताए।

प्रवक्ता कङ श्वाङले भने, ‘क्यानाडाले चीनको गम्भीर अडानको वेवास्ता गर्दै अन्तर्राष्ट्रिय ऐन र सम्बन्धको आधारभूत सिद्धान्त विपरीत चीनको आन्तरिक मामिलामा हस्तक्षेप गरेकोमा चीनले कडा असन्तुष्टि रहेको छ। चीन यसको दृढताका साथ विरोध गर्दछ।

हङकङ चीनको आन्तरिक मामिला हो भन्दै कुनै पनि मुलुक, संगठन र व्यक्तिले यस मामिलाको हस्तक्षेप नगर्न प्रवक्ता कङले जोड दिए।

हालै क्यानाडाका विदेश मन्त्री क्रिस्टिया फ्रिलान्डले हङकङ परिस्थितिबारे वक्तव्य प्रकाशित गरेपछि चीनको उक्त भनाई आएको हो। चालू वर्षको मे महिनायता फ्रिलान्डले हङकङ समस्याबारे विभिन्न तीन मितिमा वक्तव्य प्रकाशित गरेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *