पर्सिजाको जितमा रोहित बने ‘म्यान अफ दि म्याच’

डिसी नेपाल
४ भदौ २०७६ ६:२९

काठमाडौं । नेपाली राष्ट्रिय टोलीका मिडफिल्डर रोहित चन्द रहेको पर्सिजा जकार्ताले इन्डोनेसियन लिगा वानमा सहज जित निकालेको छ ।

मंगलबार भएको खेलमा जकार्ताले काल्टेङ पुट्रालाई ३–० गोल अन्तरले पराजित गरेको हो । साविकको विजेता समेत रहेको जकार्ताको यो लिगमा दोस्रो जित हो ।

जकार्ताको जितमा हेरी सुसान्टो, मार्को सिमिक र सान्दी सुतेले एक एक गोल गरे । पुट्राविरुद्ध रोहितले पुरै समय मैदानमा बिताएका थिए । रोहित म्यान अफ दि म्याच समेत बनेका छन् ।

जितसंगै जकार्ताले ११ खेलबाट १२ अंक जोडेको छ । जकार्ता लिगको १५ औं स्थानमा छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *