विलियम्सन र अकिला धनन्जयको बलिङविरुद्ध उजुरी

डिसी नेपाल
४ भदौ २०७६ ७:२७

एजेन्सी । न्युजिल्याण्डका कप्तान केन विलियम्सन र श्रीलंकाका स्पिनर अकिला धनन्जयको बलिङ एक्सन खराब भएको भन्दै उजुरी परेको छ।

विश्व टेष्ट च्याम्पियनसिप अन्तर्गत श्रीलंका र न्युजिल्याण्डबीचको पहिलो टेष्टमा विलियम्स र धनन्जयको बलिङ एक्सन खराब देखिएपछि उजुरी परको हो। टेष्ट सकिएपछि म्याच अफिसियलले दुवै टिमका म्यानेजमेन्टलाई खराब बलिङको रिपोर्ट हस्तान्तरण गरेको छ ।

अब विलियम्स र धनन्जयको बलिङ एक्सन १४ दिन भित्र परिक्षण हुनेछ । रिपोर्टको नतिजा नआएसम्म उनीहरुले आउने खेलमा बलिङ गर्न पाउने छन् । पहिलो टेष्टमा श्रीलंकाले ६ विकेटको जित हात पारेको थियो । जितसंगै २ खेलको टेष्ट सिरिजमा घरेलु टोली १–० ले अग्रता लिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *