अस्ट्रेलियालाई ठूलो झड्का, स्मिथ तेस्रो टेस्टबाट बाहिरिए

डिसी नेपाल
४ भदौ २०७६ ८:२४

एजेन्सी । अष्ट्रेलियाका ब्याट्सम्यान स्टिभ स्मिथ एसेज सिरिज अन्तर्गत इंग्ल्याण्डविरुद्धको तेस्रो टेस्ट सिरिजबाट बाहिर भएका छन् । दोस्रो टेस्ट क्रिकेटको दौरान घाइते भएका स्मिथले तेस्रो टेस्ट गुमाउने भएका हुन् । उनले दोस्रो टेस्टको अन्तिम दिनको खेल समेत गुमाएका थिए ।

दोस्रो टेस्ट अन्तर्गत शनिबार पहिलो इनिङ्समा ब्याटिङ गर्ने क्रममा बलले लाग्दा स्मिथ घाइते भएका थिए । इंग्ल्याण्डका तीव्र गतिका बलर जोफ्रा आर्चरको बाउन्सर बलले लाग्दा उनी घाइते भएका थिए । उनको घाटीमा बलले लागेको थियो । बलले लगेर घाइते भएपछि स्मिथ ८० रनमा बनाउँदा रिटायर्ड भएका थिए । तर, पुनः मैदान आएका स्मिथ ९२ रन बनाएर आउट भएका थिए ।

जारी एसेजमा उत्कृष्ट फर्ममा रहेका उनको बहिरगमनले अस्ट्रेलियालाई भने ठूलो झड्का लागेको छ । चोट बढि भएपछि मैदानमा ढलेका स्मिथलाई फिजियोले मैदान बाहिर लगेका थिए । दोस्रो पारिमै उनी मैदान उत्रन नसके पछि अस्ट्रेलियाले स्मिथको ठाउँमा खेलाडी नै रिप्लेस गरेको थियो ।

स्मिथको सव्सीच्यूडरुपमा मैदान आएका मार्नस लबुसेनले ५९ रन बनाएका थिए । स्मिथले पहिलो टेस्टमा पहिलो र दोस्रो दुवै पारिमा शतक बनाएका थिए । दुई टिमबीचको तेस्रो टेस्ट लिड्समा बिहिबार सुरु हुनेछ । पाँच खेलको एसेज सिरिजमा अष्ट्रेलिया १–० ले अघि रहेको छ । दोस्रो टेस्ट ड्र भएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *