सेन्ट्रल जोन भलिबलः नेपाल र माल्दिभ्स भिड्दै, ‘गर या मर’को स्थितिमा दुवै टोली

डिसी नेपाल
४ भदौ २०७६ ८:५०

काठमाडौं । एभिसी सेन्ट्रल जोन पुरुष भलिबल प्रतियोगितामा आज तीन खेल हुदैछन् । ललितपुरको लगनखेलस्थित आर्मीको कभर्डहलमा हुने दोस्रो खेलमा घरेलु टोली नेपाल र माल्दिभ्स भिड्नेछन् । बेलुका पाँच बजे सुरु हुने खेलमा दुवै टिमलाई गर या मरको स्थिति रहेको छ।

नेपाललाई अघिल्लो चरण पुग्न माल्दिभ्सलाई हराउनै पर्ने भएको छ । विजेता टिमले सेमिफाईनलको यात्रा तय गर्नेछ । दुवै टोली प्रतियोगितामा जित विहिन छन् । समूह ए को पहिलो खेलमा दुवै टिम किर्गिस्तानसंग पराजित भएका थिए । उद्घाटन खेलमा घरेलु टोली र मंगलबार भएको खेलमा माल्दिभ्सलाई हराउँदै किर्गिस्तान अन्तिम ४ मा प्रवेश गरिसकेको छ ।

समूह ए बाट अघिल्लो चरण पुग्ने एक टोलीको टुङ्गो लाग्न बाँकी छ । नेपाल र माल्दिभ्सबीचको विजेता टोलीले सेमिफाईनलमा स्थान बनाउनेछ । सोही कारण अघिल्लो चरणको यात्रा तय गर्न दुवै टोलीलाई जित निकाल्नै पर्ने बाध्यता रहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *