भारत–पाकिस्तानबीच सम्बन्ध बिग्रिएका बेला पाकिस्तानी क्रिकेटरले भारतीय युवतीसँग गरे विवाह

डिसी नेपाल
४ भदौ २०७६ ११:४४

एजेन्सी। भारत र पाकिस्तानबीच अहिले सम्बन्ध बिग्रिएको छ तर तर पाकिस्तानी क्रिकेटर हसन अलीले भारतीय युवती शामिया आरजूसँग विवाह गरेर दुवै देशलाई प्रेमको सन्देश दिएका छन् । अघिल्लो महिला विवाहको घोषणा भएसँगै यो विवाह बहुप्रतिक्षित बनेको थियो ।

पाकिस्तानका फास्ट बलर हसन अलीले हरियाणाकी शामिया आरजूसँग मंगलबार निकाह गरेका हुन् । यी दुइले मंगलबार विवाह गरेका हुन् । यी दुईको भेट एक वर्ष अगाडि भएको थियो । शामिया धेरै चर्चित भने छैनन्, उनी पेशाले एयरहोस्टेस हुन् । हसन अली भारतीय युवतीसँग विवाह गर्ने चौथो पाकिस्तानी क्रिकेटर हुन् ।

उनीभन्दा पहिले जहीर अब्बास, मोहसिन खान र शोएब मलिकले भारतीय युवतीसँग विवाह गरिसकेका छन् । हसन अलीले विवाहको पूर्वसन्ध्यामा ट्वीटरमा एक फोटो पोस्ट गर्दै लेखेका थिए –‘लास्ट नाइट एज ब्याचलर ।’ भारतीय युवतीसँग बिहे गरेपछि हसन अलीलाई बधाइको ओइरो लागेको छ । टेनिस खेलाडी सानिया मिर्जाले पनि उनहिरुलाई बधाइ दिएकी छिन् । स्मरण रहोस् भारतीय खेलाडी सानियाले पनि पाकिस्तानी क्रिकेटर शोएब मलिकसँग २०१० मा बिहे गरेकी थिइन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *