रोमाले चेल्सीका खेलाडीलाई लोनमा भित्र्यायो

डिसी नेपाल
४ भदौ २०७६ १२:०५

एजेन्सी । इन्ग्लिश क्लब चेल्सीका डिफेन्डर डेभिड जापाकोष्टा इटालियन क्लब रोमामा अनुबन्धित भएका छन् ।

रोमाले जापाकोष्टालाई एक सिजनको लागि लोनमा अनुबन्ध गरेको छ । क्लबसँगको औपचारिक सम्झौता गर्ने जापाकोष्टा रोम पुगिसकेका छन् ।

२७ वर्षे इटालियन डिफेन्डर जापाकोष्टा सन् २०१७ मा इटालियन क्लब टुरिनबाट चेल्सी आएका थिए । चेल्सीसँग उनले ४ वर्षको सम्झौता गरेका थिए ।

पहिलो सिजन उनले चेल्सीबाट २२ खेल खेलेका थिए । गत सिजन मात्र ४ खेलमा मैदान उत्रने मौका पाएका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *