पाथीभरा गोल्डकपको सेमिफाइनलमा आज इलाम र सुनसरी भिड्दै

डिसी नेपाल
४ भदौ २०७६ १२:४३

ताप्लेजुङ । ताप्लेजुङमा जारी पाथीभरा गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत आज हुने पहिलो सेमिफाइनल खेल इलाम र सुनसरीबीच प्रतिस्पर्धा हुँदैछ। दिउँसो २ बजे हुने खेलमा फाइनल प्रवेशका लागि इलाम र सुनसरीबीच प्रतिस्पर्धा हुन लागेको हो। सुनसरीले युकेएफसी दार्जेलिङ भारतलाई २-० गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा आफ्नो स्थान बनाएको थियो।

रेडहर्ष इलाम भने फिदिम स्र्पोटिङ क्लबलाई टाइब्रेकरमार्फत ३-२ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो। मङ्गलबार भएको पहिलो चरणको अन्तिम खेलमा साविक विजेता रेडस्टार फुटबल क्लब झापा गोर्खा स्पोर्टिङ क्लब दमकलाई १-० गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा पुगेको छ।

उसले बिहीबार हुने सेमिफाइनलको अन्तिम खेलमा एलाभेन एरोज सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ। सदरमुकाम फुङलिङस्थित भानुजन माविको खेल मैदानमा भइरहेको प्रतियोगिता शुक्रबार सम्पन्न हुनेछ। लाखेजात्रा खेल सञ्चालन समितिले आयोजना गरेको प्रतियोगितामा भारतको समेत गरी १० टिम सहभागी छन्। प्रतियोगिताको विजेतालाई नगद रु तीन लाख ११ हजारसहित ट्रफी प्रदान गरिने छ। उपविजेतालाई रु एक लाख ५१ हजार नगदसहित ट्रफी दिइने छ। रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *