अण्डर १९ एसिया कपमा नेपाल सजिलो समूहमा, पहिलो खेल श्रीलंकासँग

डिसी नेपाल
४ भदौ २०७६ १६:३२

काठमाडौं । श्रीलंकामा आयोजना हुने एसीसी यू–१९ एसिया कप क्रिकेटमा नेपाल सहज समूहमा परेको छ । एसियन क्रिकेट काउन्सिल (एसीसी) ले सार्वजनिक गरेको खेल तालिका अनुसार नेपाल सहज मानिएको समूह ‘बी’ मा परेको छ ।

यस समूहमा नेपालसहित आयोजक श्रीलंका, बंगलादेश र युएई रहेका छन् । समूह ‘ए’ मा भारत, पाकिस्तान, अफगानिस्तान र कुवेत रहेका छन् । एसिया कप भदौ १९ देखि २८ गतेसम्म हुनेछ । नेपालले आयोजक श्रीलंकासँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ ।

नेपालले श्रीलंकासँग भदौ २० गते खेल्नेछ । यस्तै दोस्रो खेलमा नेपालले भदौ २२ गते बंगलादेश र अन्तिम खेलमा भदौ २४ गते युएईसँग खेल्नेछ । दुई समूहको शीर्ष २ टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् । नेपाल गत महिना मलेसियामा सम्पन्न एसीसी यू–१९ इन्टर्न रिजनको उपाधि जितेर नेपाल एसिया कपमा छनोट भएको थियो । मलेसियामा भएको प्रतियोगितामा हङकङलाई ६ विकेटले पराजित गर्दै नेपालले उपाधि जितेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *